दाङ । प्रदेश-५ अन्तर्गत दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भए पछि विद्यार्थीहरुले सड्क अवरुद्ध गरेका छन ।
तुलसीपुर ५ गोदामघर नजिकै ट्याक्टरको ठक्करबाट १२ वर्षीया विजिता केसीको मृत्यु भएपछि विद्यार्थीले तुलसीपुरको वीरेन्द्र चोकमा सडक अवरूद्व गरेका हुन् ।
तुलसी आवासीय माविमा विद्यार्थीहरुले वीरेन्द्र चोकमा सडक अवरुद्ध गरेका हुन् । सडक अवरुद्ध हुँदा तुलसीपुरमा भित्रिने र बाहिरिने कुनै सवारी चल्न सकेका छैनन् । हत्यारालाई कारवाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।
बिहीबार पौने १० बजेतिर तुलसी आवासीय माविमा कक्षा ८ मा अध्ययनरत केसीलाई ट्याक्टरले ठक्कर दिएको थियो ।