काठमाडौं । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज(बिहिबार) आयोजित पत्रकार सम्मेलनमा सरकारले २१ निर्णय गरेको छ । मंसिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले सेनाका सहायक रथि निर्मलकुमार थापालाई उपरथि, महासेनानी नारायण सिलवाललाई सहायक रथि र प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा पदोन्नती गर्ने निर्णय समेत गरेको छ । त्यस्तै महासेनानी दिप सिंह र प्राविधिक महासेनानी डा.अमित जोशीको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।
यसैक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धीे सम्झौता संसदबाट पास हुने बताएका छन् ।
“यो डेमोक्रेसी, सुशासन, पारदर्शीता र मानवअधिकार भएका देशहरूमा अमेरिकाले दिने एउटा सहयोग हो । यो पास हुन्छ,” उनले भने । उनले एमसीसीसँगको सम्झौता पास हुने जिकिर गर्दै कुनै पनि सैन्य–गठबन्धनमा नेपाल सहभागी नहुने प्रस्ट्याए ।
यी हुन् मन्त्रीपरिषद्द्वारा गरिएका २१ निर्णयः