काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा थुनामै रहने भएका छन् । जबरजस्ती करणी प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौंको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको छ।।
उच्च अदालत पाटनका न्यायधीशद्धय नहकुल सुवेदी र टेकबहादुर कुँवरको संयुक्त इजलासले महराको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौँकामे आदेश सदर गरेको हो ।
न्यायधीशद्धयको इजलासले महरालाई थुनामै राखेर सुनुवाई गर्नुपर्ने आदेश गरेको अदालतका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।