मनोरञ्जन

मेरो दिल छ पोखराको “कुमारी कुमारी”

काठमाडौं । बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको “कुमारी कुमारी” गीतको भिडियो सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको लेखन र निर्देशनमा राम महर्जन र क्रेजा महर्जन र सावर अधिकारीको निर्माण रहेको मुभी फागुन २ गते रिलिज हुने भएको छ । कुमारी कुमारी तिमी मेरो दिल कुमारी बोलको भिडियो रिलिज गर्दै सो जानकारी गराइएको हो। नित्याशिवा र पुरुषोत्तम न्यौपानेको आवाजमा पुरुषोत्तम न्यौपानेको संगीत अनि शंकर अधिकारी घायलको गीत रहेको छ भने सो गीतमा राजु पौड्याल र रन्जु रन्जनाको अभिनय रहेको छ।

राजु पौड्याल, रन्जु रन्जना, रोशन बिसि ,गङा कुवर, लक्ष्मी श्रेष्ठ, कला राई, दिपक राई र हेमलता घिमिरेको मुख्य भुमिका रहेको छ भने छायांकन रामकृष्ण कडेल, नृत्य राजन महर्जन, द्वन्द्व देव महर्जन, सम्पादन विश्वास भण्डारी, संगीत पुरुषोत्तम न्यौपाने, पुष्कर सुनुवार, सिडि विजय अधिकारी गीत शंकर अधिकारी घायल र दिपेन्द्र खड्का को रहेको छ भने नित्याशिवा, पुरुषोत्तम न्यौपाने, सिडि विजय अधिकारी, ममता रानाको स्वर रहेको छ ।

“कुमारी कुमारी”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्,