आर्थिक

मुक्तिनाथ विकास बैंकको सञ्चालकहरुद्वारा सपथ ग्रहण

काठमाडौं  ।  मुक्तिनाथ विकास बैंक लि.कोे तेर्हौं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ । साधारण सभाले संस्थापक सेयर धनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्र मानश्रेष्ठ र  रविन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण सेयर धनीका तर्फबाट निर्मला कुमारी के.सी. (कार्की) र  शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको हो ।

बैंकले विभिन्न क्षेत्रमा लामो अनुभव भएका प्रतिष्ठित व्यक्तिहरुलाई सञ्चालकको रुपमा पाएको छ । नवगठित सञ्चालकहरुको पहिलो बैठकले यस बैंकको स्थापना कालदेखि १२ वर्ष सम्म प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकाललाई सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको छ ।

समितिका अध्यक्ष भरतराज ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । साथै, अन्य नवनिर्वाचित सञ्चालकहरुलाई समितिका अध्यक्ष  भरतराज ढकालले सपथ ग्रहण गराएका छन्।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित र हीमोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ ।