समाचार

प्रधानसेनापति र मित्रराष्ट्र बेलायतका नवनियुक्त महामहिम राजदुतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । आज प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित मित्रराष्ट्र बेलायती राजदुतावासका नवनियुक्त महामहिम राजदुत Ms. Nicola Pollitt ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी थापा र महामहिम राजदुत Pollitt बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।