प्यासिफिकएशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४३ औ वार्षिक साधारण सभाबुधबार काठमाण्डौको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा ‘डिजाइन थिङ्कििङ्ग–क्रिएटिङ्ग लाइफ टाइम एक्सपेरिएन्सेस इन नेपाल’भन्ने मूल नाराकासाथ सु–सम्पन्न भएको छ ।
संघको ४३ औ साधारण सभाले हिमालयन होलिडेज ट्रेकिङ्गका संस्थापक विभूतिचन्द ठाकुरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष विभूति चन्द ठाकूरले पाटा नेपाल च्याप्टरको अध्यक्ष पदमा निर्वाचित हुनु एउटा गर्वको विषय भएको बताउदै आगामि दिनमा पर्यटन क्षेत्रमा हरेक सरोकारवाला निकायहरुसँग सहकार्य तथा समन्वय गरी नेपाली पर्यटन क्षेत्रको विकास र प्रवद्धनमा आफुले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले नेपाल सरकारको समृृृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पर्यटन मार्फत उजागर एवम् सार्थक बनाउने अभियानमा पाटाले नवीनतम बजारीकरणको अभ्यासहरु, मानव संशाधनविकास र पर्यटन स्रोतको खोज पहिचान र ‘प्रोडक्ट डेभलपमेन्ट तथा सेवा स्तरीकरण’ माआफ्नो कार्यदिशा अगाडी बढाउनुका साथै पूर्वाधार विकास, पर्यटन सम्बन्धीनीतिगत सुधार र हवाई क्षेत्र तथा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको सवलीकरण जस्ता पक्षमा आफ्नो वकालत अगाडि बढाउने कार्यलाई प्राथमिकता दिने बताए ।
नवनिर्वाचित कार्यसमितिमा निर्वतमान अध्यक्ष सुनील शाक्य, प्रथम उपाध्यक्ष दीपकराज जोशी (नेपालपर्यटन बोर्ड) द्धितिय उपाध्यक्ष टङकनिधि दाहाल (नेपाल वायु सेवा निगम) महासचिव शिवप्रसाद ढकाल (रोयल माउन्टेन ट्राभल) र कोषाध्यक्ष खेम लकाई (गेट कलेज) रहेका छन् ।
त्यसैगरी, कार्यसमितिमा ४ वटा पदेन सदस्यहरु क्रमशः महानिर्देशक डण्डुराज घिमिरे (पर्यटन विभाग), महानिर्देशक राजन पोखरेल (नागरिक उड्यन प्राधिकरण), कृष्ण गोपाल जोशी (नेपाल वायु सेवा निगम), र श्रदा क्षेष्ठ (नेपाल पर्यटन बोर्ड) का साथै ७ सदस्यहरु क्रमशः नरेन्द्रदेव भट्ट (हेरिटेज टूर्स एन्ड ट्राभल्स), अब्दुल्ला टन्सर केससी (ट्रकिस एयरलाइन्स), रित्तल राना (मिड भ्याली इन्टरनेशनल कलेज),टासी गुरुङ्ग (हिमालयन कैलास ट्राभल्स एण्ड ट्रर्स), मन्जनी श्रेष्ठ (समिट एयर), टिका राम सापकोटा (नेपाल भ्याकेसन) र राम बाराकोटी (हाइकिङ एडभेन्चर ट्रेक्स) रहेका छन । पाटा नेपालले कार्यसतिमा लाक्पाफुटी शेर्पा (लग्क्जरी डिएमसी), सुनीलकुमार भुसाल –प्रिमियर होटल स्कुल), लिला भण्डारी ( गोइङ नेपाल), सञ्जयभक्तमाथेमा –एसडियू ट्राभल), पृथ्वीश्रेष्ठ (नेपाल खाजे ट्राभल) र कूलप्रसाद सुवेदी –हिमालयन स्माइल ट्रेक्स) सहित वैकल्पिक पदाधिकारी तथा सदस्यहरु समेत चयन गरेको छ ।
कार्यक्रमको औपचारिक समारोहबीच वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाली पर्यटन क्षेत्रमा प्रखर वक्ता, स्वच्छ छवि र निष्ठावान एवम् बहुमुखी प्रतिभा भएका व्यक्तित्वको रुपमा चिरपरिचित रवीन्द्रराज पाण्डेलाई लामो समयदेखि आवद्ध रही उनले निरन्तर रुपमा पर्यटन क्षेत्रमा पूर्याएको अतुलनीय योगदान तथा उनको समाजिक कार्यहरु प्रतिको समर्पणको उच्च मूल्याङ्कन गर्दै “पाटा पर्सनालिटी अफ द ईयर २०१९” अवार्डद्धारा सम्मानित गरियो ।
त्यसैगरी पाटा नेपालले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमा स्थापित स्टुडेन्ट च्याप्टरहरु मध्ये मिड भ्याली इन्टरनेशनल कलेजलाई “बेष्ट स्टुडेन्ट च्याप्टर अफ द एयर २०१९” पुरस्कार समेत प्रदान गरेको छ । साथै पाटा सचिवालयमा २३ वर्षे लामो सेवा पुर्याएर अवकास लिएकी कर्मचारी मिना खड्का र पाटान नेपाल स्टुडेन्ट च्याप्टरमा आवद्ध विद्यार्थी सगरमाथा आरोही निसा भोटेलाई समेत सम्मानएवम् कदरपत्र प्रदान गरिएको थियो ।
निर्वतमान अध्यक्ष सुनील शाक्यले आफ्नो दुई वर्षे कार्यकाललाई सफल बनाउन सहयोग पुर्याउनु हुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई घन्यवाद ज्ञापन गर्दे नेपालको दिगो पर्यटन विकासकालागि सबै एक भई कार्य गर्नुपर्ने बताए । उनले भ्रमण वर्षको महाअभियानलाई अबिचलित रुपमा सफलपार्न पर्यटन बोर्डका सिइओ जोशीको कार्यकाल कम्तिमा भ्रमण वर्ष अवधिभरका लागि पदावधि थप्न आवश्यक रहेको बताउदै माननीय पर्यटन मन्त्री, सरकारी तथा निजी क्षेत्रमा संलग्न सरोकारवालाहरुलाई अपिल गरे ।