राजनीति

जंगल/महंगा जग्गा मन्त्रीको मिलेमतोमा कौडिको भाउमा बेच्नु राज्य दोहनको एउटा उदाहरण मात्रः डा कोईराला

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा, काठमाडौस्थित गोकर्ण जंगल र दरबारमार्गको जग्गा सरकार र मन्त्रीहरुको मिलेमतोमा ऐन नै संसोधन गरेर यति होल्डिङ्सलाई दिएको छ। राज्य दोहनको चरम उदाहरण भएको बताएका छन् । १४ औं महाधिवेशनका सभापतिका प्रवल दाबेदारका रुपमा समेत हेरिएका डा कोईरालाले मुलुकका लागी यो भन्दा बदमासी के हुन सक्छ? भन्ने प्रश्न गरेका छन् ।

यस बिषयमा जनताले सरकार र मन्त्रीहरुसॅग प्रश्न गर्ने समय आएको उनको तर्क छ । यति होल्डिङ्सलाई दिइएको जग्गा, वालुवाटार जग्गा र झापास्थित प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा भएको ५० बिघा भन्दा बढि जग्गाका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रभावकारी नतदेखिएकोले नेपाली काँग्रेसले उक्त बिषयका सडक र सदनबाट खबरदारी गर्नुपर्ने समय आएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग,राजस्व अनुसन्धान बिभाग र सम्पत्ती शुद्धिकरण बिभागले राम्रै काम गरिरहेका छन तर पछिल्ला दिनमा तिनका काम सराहनिय भने हुन सकिरहेका छैनन्।
जस्तैः सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा, काठमाडौस्थित गोकर्ण जंगल र दरबारमार्गको जग्गा सरकार र मन्त्रीहरुको मिलेमतोमा ऐन नै संसोधन गरेर यति होल्डिङ्सलाई दिएको छ। राज्य दोहनको चरम उदाहरण हो यो। मुलुकका लागी यो भन्दा बदमासी के हुन सक्छ?
यस बिषयमा जनताले सरकार र मन्त्रीहरुसॅग प्रश्न गर्ने समय आएको छ। यति होल्डिङ्सलाई दिइएको जग्गा, वालुवाटार जग्गा र झापास्थित प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा भएको ५० बिघा भन्दा बढि जग्गाका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रभावकारी देखिएन। यस्ता बिषयमा नेपाली कांग्रेस पार्टीले संसद र सडकबाट जोडदार आवाज उठाउॅनुपर्छ।’