बाँके । शुक्रबार जिल्ला कारागार बाँकेका महिला कैदीबन्दीले चौकीदार हटाउन माग गर्दै आन्दोलन शुरू गरेका छन् ।
केहि दिन अगाडी खानाको विषयमा कुरा नमिलेको खबर आफूले पाएको बताउँदै प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, “कारोबार भइरहेको विरोधबारे मलाई यथार्थ जानकारी प्राप्त भएको छैन । आन्दोलनको बारेमा म बुझ्दैछु ।”
निमित्त जेलर दीपेन्द्र पौडेल चौकीदारलाई यहाँबाट हटाउनु पर्यो भन्ने मागसहित महिला कैदीबन्दीले आन्दोलन छेडेका बताए । “के कुरामा विवाद भएको हामी बुझ्दैछौँ, बुझेपछि के भएको हो भन्ने थाहा हुन्छ” , उनले भने ।
यसअघि कात्तिक १४ गते पुरुष कैदीबन्दीले आन्दोलन गरेपछि जेलरको सरुवा भएको थियो। अहिले कारागार जेलरविहीन छ।