राजनीति

कांग्रेसको बैठक आज किन स्थगित भयो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बैठक स्थगित भएको छ । शुक्रबार बस्ने भनिएको बैठक १० गते सम्मका लागि स्थगित गरिएको कांग्रेस मख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन ।

गुटउपगुटले थिलथिलाे भएको कांग्रेसमा सहमतिका लागि आवश्यक छलफल गर्नु पर्ने भएकाले आजको बैठक स्थगित भएको कांग्रेस नेताहरुले जनाएका छन । संस्थापन पक्ष र इतरपक्षको विवादका कारण कांग्रेस भित्र आन्तरिक द्धन्द्धले जरा गाडेको छ । विगत केहि दिन यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले सभापति शेरबहादुर देउवा निरंकुश शैलीमा अघि बढेको आरोप लगाएको छ ।

विधि, विधान र सिद्धान्त विपरित पार्टी चलाउन खोजे त्यसको परिणाम राम्रो नहुने भन्दै पौडेल पक्षले चेतावनी दिएका छन । सहमतिका लागि देउवा निकट नेताहरुले प्रयास जारी राखेको बताएका छन ।