काठमाडौं । संसदको हिउँदे अधिवेशन शुरु भएसँगै रिक्त रहेको सभामुख चयन प्रक्रिया थालिएको छ । निर्वतमान सभामुख कृष्णबहादुर महरा बलात्कार प्रकरणमा मुछिएसँगै सभामुख पदका लागि चयन प्रक्रिया थालनी हुने भएको हो ।
आज(शुक्रबार) उपसभामुख शिवमाया तुम्बाहाम्फको अध्यक्षतामा संसद् भवन बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनको प्रक्रिया पुस ११ गते १ बजे बस्ने बैठकबाट शुरू गर्ने निर्णय गरेको हो । बैठकले आज बस्ने प्रतिनिधि सभा बैठकको अध्यक्षता उपसभामुख तुम्बाहाङफेले गर्ने सहमति पनि जुटाएको छ।
प्रतिनिधि सभाको बैठक एक हप्ता लम्बीन सक्ने सत्तारुढ दलले जनाएको छ । उपसभामुखको राजीनामा गराएर सभामुख आफ्नो दलमा लिन सत्तारुढ दलले परामर्श थालिएको स्रोतले जनाएको छ ।
संविधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनु पर्ने भएकाले सत्तारुढ दललाई सभामुख को बन्ने भन्नेबारे सकस देखा परेको छ ।