पु.समाचार

किन पुगे नेकपा अध्यक्ष दाहालको ‘पत्नी र छोरी’ रामदेवको आश्रममा ?

काठमाडौं । लामो समयदेखि अस्वस्थ रहेकी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल उपचारको लागि भारतको हरिद्वार पुगेकी छिन् । दाहाल पुत्री गंगाले सीतालाई हरिद्वारस्थित बाबा रामदेवको आश्रममा पु लगेकी हुन् । 

आफ्नो आधिकारिक फेसबुक एकाउन्टबाट केहि बेर अघि मात्रै छोरी गंगा दाहालले सीतालाई हरिद्वारमा रहेको पतन्जली योगपिठमा लगिएको कुरा सार्वजनिक गरेकी हुन् । “ममीको आयुर्वेदिक ऊपचारका लागि हरिद्वार स्थित पतन्जली योगपिठमा बाबा रामदेव अनि आचार्य बालकृष्ण सँगै हामी।”, उनले फोटो पोष्ट गर्दै लेखेकी छिन् ।

सीता प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) नामक दुर्लभ रोगबाट पीडित छिन् । यस रोग लागेमा मानिसको मानसिक सन्तुलन बिग्रिनुका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ ।

सीतालाई यसअघि अध्यक्ष दाहालले उपचारका लागि अमेरिकासमेत लगेका थिए । सीताका साथमा छोरी गंगा तथा पूर्वमन्त्री मात्रिका यादव र उनकी पत्नीसमेत रहेका छन् ।