पु.समाचार

नेता नेपाल र बेलायती राजदुतको भेट : कुन-कुन विषयमा छलफल भयो ?

काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा विदेश मामला विभाग प्रमुख माधवकुमार नेपालले नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेता नेपालको नीजि निवास कोटेश्वरमा आज(शुक्रबार) भएको शिष्टाचार भेटवार्ता मा नेपालको राजनीति, लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा बेलायतको सहयोगका बारेमा कुराकानी भएको नेपालको सचिवालयले जानकारी दिएको छ ।

द्विपक्षीय भेटमा नेपाल–बेलायत सम्बन्धका विविध पक्ष एवम् सहयोग र सम्भावनाका विषयमा समेत कुराकानी भएको सचिवालयको भनाइ छ ।