वीरगन्ज । जन्मेको १५बर्ष पछि मगंलबार संसादलाई देखन पाएकि छिन्- पर्सागढी कि चाँदनी । माट्रिका आई फाउन्डेशनका वरिष्ठ चिकित्सक किशोरराज प्रधानले उनको आँखामा रहेको मोतीयाबिन्दु रोगको सफल अपरेशन गरेपछि उनी यो संसारलाई देखन पाएकि हुन् ।
जन्मदेखि दुवै आँखाम मोतीयाबिन्दु रोग भएको कारण उनी १५ वर्ष देखि अँध्यारोमै जीवन बिताउँदै आएकी थीइन ।आर्थिक अवस्था कमजोर र जानकारीको कमिको कारण चाँदनी खातुनको आँखाको उपचार हुन नसकेको माट्रीका आई फाउन्डेशनका कोअरडिनेटर चिकित्सक महेश सिंह धामीले बताए ।
पर्सागढी गाउँपालिका रघुनाथपुरकी खातुन मोतीयाविन्दुको कारण जन्मैदेखि अँध्यारोमै जीवन बिताउदै आएकी थिइन्। वीरगन्ज महानगरपालिका र माट्रीका आई फाउन्डेशनले संयुक्त रुपमा चलाएको नि:शुल्क अपरेशन शिविरमा उनको एउटा आँखाको सदाल अपरेशन गरिएको छ । अर्को आँखामा रहेको मोतीयाबिन्दु रोगको अपरेशन एक महिना पछि गरिने डाक्टर धामिले बताए ।
मोतीयाबिन्दुरोग निर्मूल पर्ने उदेश्यका साथ शुरु गरिएको नि:शुल्क आँखा अपरेशन शिविरको पहिलो चरणको कार्यक्रम शुक्रबार बिहान रोगीहरुलाई बिदाइ गरिदै सम्पन्न भएको छ । पहिलो चरणको शिविरमा लगभग ८ सय पर्सा बासीको मोतीयाबिन्दुको फेको प्रविधिद्धारा सफल अपरेशन गरिएको महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताए ।
उनले लगभग तिन सय व्यक्तिहरुको दुवै आँखामा मोतीयाबिन्दु रोग भएको कारण एक महिना भित्र अर्को आँखाको नि:शुल्क अपरेशन गर्ने कार्यक्रम रहेको बताउनु छिटै नै दोश्रो चरणको पनि कार्यक्रम सुरु गरिने बताए । नगर प्रमुख सरावगीले पर्सा जिल्लालाइ नै मोतीयाबिन्दु रोगबाट निर्मुल पार्ने आफ्नो मुख्य योजना रहेको बताए ।
उनले यो संसार देख्न पाउन सबै जनताको अधिकार हो र आर्थिक अवस्था कमजोर भएकै कारण अँध्यारो जीवन कसैले पनि बिताउन नपारोस भन्ने मुख्य उद्देश्यका साथ आफू पर्सावासीको सेवारुपी यो अभियानमा होमिएको बताए ।
मेयर कल्याणकारी कोषको आर्थिक सहयोग र मातृका आइ फाउण्डेसनको सहकार्यमा जिल्लाको विभिन्न स्थानिय तहमा स्वास्थ्य सिरिवको आयोजना गरी मोतियाबिन्दू रोगबाट ग्रसित रहेका बिरामीको पहिचान गर्दै नि:शुल्क उपचार कार्यक्रमलाई अगाडि बढाइएको हो ।
जिल्लाको विभिन्न स्थानमा आयोजना गरिएका स्वास्थ्य विरमा पाँँच हजार भन्दा बढी महिला तथा पूरुषको परिक्षण गर्दा एक हजार भन्दा बढी मोतीयाबिन्दू रोगका बिरामी फेला परेको थियो । जसमध्ये पहिलो चरणमा एक हजार मोतीयाबिन्दुको अपरेशन गर्ने कार्यक्रम अन्र्तगत एक सातादेखि आँखाको अपरेशन तिलगंगाका वरिष्ठ चिकित्सकहरुको टोलीले फेको प्रविधिद्धारा अपरेशन गरेका छन् । उनले पहिचान भएका रोगीलाई घरबाट सदरमुकाम वीरगन्जमा रहेका उपचार केन्द्रसम्मा ल्याउने देखी औषधी उपचार पछि घरसम्म नि:शुल्क पुर्याउने समेत व्यवस्था मिलाइएको छ ।