काठमाडौं । नेपाल–चीन उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरुले नेपालका लागि चिनियाँ महामहिम राजदुत Hou Yanqi सँग भेटघाट गरी दुई देशबीचको व्यापार, पर्यटन तथा आर्थिक प्रवद्धनका विषयमा छलफल गरेको छ ।
भेटघाटमा नेपालका लागि चीनीया महामहिम राजदुत Hou Yanqi ले दुई देशबीच विद्यमान आपसी विश्वास र मित्रता महत्वपूर्ण रहेको कुरा बताए । साथै चिनियाँ उत्पादनहरु सस्तो तथा गुणस्तरयुक्त भएको कारण विश्वमा नै ठुलो निर्यातमूलक राष्ट्र भएको कुरा बताए।
साथै दुई देशबीचको व्यापार वृद्धिमा नेपाल तर्फको साँघुरो सडक नै बाधकको रुपमा देखा परेको हुँदा दुवै राष्ट्र नेपालको सडक निमार्ण तथा विस्तारमा लागि परेको कुरा बताए । नेपालमा विमानस्थालहरुको निर्माण तिव्र गतिमा भइरहेको र हालै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालको प्रोजेक्ट पूर्ण गरी हस्तान्तरण गरिसकेको कुरा बताए ।
अबका दिनहरुमा दुई देशबीच भएका विविध सम्झौताहरुको कार्यान्वयनमा जोड दिने जानकारी दिए । साथै नेपाल चीन उद्योग वाणिज्य संघ एक अग्रणी संस्था भएको र दुई देशबीचको आर्थिक, व्यापारिक, सांस्कृतिक, पिपल टु पिपल सम्बन्ध आदि प्रवद्धनमा गर्दै आएको कार्य सह्रानीय रहेको र भविष्यमा समेत राजदुतावासले दुई देशबीचको व्यापार, पर्यटन तथा आर्थिक क्रियाकलापहरुमा सहकार्य गर्ने कुरा बताए ।
भेटघाटका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले दुई देशबीचको सदियौं पुरानो ऐतिहासिक सम्बन्धको चर्चा गर्नु हुँदा संघका गतिविधिहरु तथा दुई देश वीच विद्यमान व्यापारिक संभावना र समस्याहरु वारे जानकारी दिए ।
संघको विभिन्न जिल्लाहरुमा १२ वटा च्याप्टर रहेको र संघले हालसम्म चीनका ३५ वटा China Council for the Promotion of International Trade (CCPIT) अन्तगर्तका सव काउन्सील तथा संगठनहरुसंग समझदारी पत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधि मण्डलको आदान प्रदान, व्यापारिक मेला, एस्पो, सेमीनारमा सहभागिता आदिमा सहकार्य गरी अघि बढीरहेको कुरा बताए ।
हालै चीनका सम्माननीय राष्ट्रपती सि जिनपिङको नेपाल भ्रमणबाट दुई देशबीचको आर्थिक, लगानी तथा पर्यटनमा वृद्धि हुने बताए । नेपाल चीनबीच नयाँ हवाई गन्तव्य विस्तार भएको र संघाई जस्तो ठुलो शहरहरुमा समेत सो सेवा विस्तार गर्नु पर्ने जसबाट नेपाल भ्रमण वर्ष २०२० सफल हुने बताए ।
लार्चामा सुख्खा बन्दरगाह संचालनमा आएको र सडक मार्गबाट छिटो सुरक्षित रुपमा सामान नेपाल आईपुग्ने हुँदा धेरै आयातकर्ताहरु त्यसतर्फ आकर्षित भइरहेको हुँदा रसुवा तथा तातोपानी नाकामा भौतिक पूर्वाधारको विकास गर्नु पर्ने बताए ।
नेपालमा स्थायी सरकार रहेको र लगानी मैत्री वातावरण बन्दै गइरहेको हुँदा चीनीया लगानीकर्ताहरुलाई नेपालका विविध सम्भावित क्षेत्रमा ठुलो लगानी ल्याउन पहल गर्न आग्रह गरे । साथै चीनमा हुने व्यापार मेलाहरुमा संघको सहकार्यमा व्यापारिहरुले नेपाली उत्पादन प्रदर्शन गरिरहेको र यस कार्यमा दुतावासबाट समेत सहयोगका लागि आग्रह गरे ।