काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज कागेश्वरी, मनहरा – ६, काठमाडौँ स्थित अनाथ अपाङ्ग आश्रय नेपाललाई ३५ ओटा जाडोको कम्बल हस्तान्तरण गरेको थियो ।
बैंकले सो अनाथालयमा अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई हालको चिसो मौसममा अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको थियो । बैंकका संचालक मुकुन्द नाथ ढुंगेलले सो अनाथ आश्रयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गरेका थिए ।
सो अवसरमा सो संस्थाका अध्यक्ष्य श्री गोपल बहादुर कार्कीले सो सहयोगका लागि धन्यबाद ज्ञापन गरेका थिए ।
साथै बैंकका संचालक श्री मुकुन्द नाथ ढुंगेलले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं बैंकले आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ ।
बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरु तथा बालबालिकाहरुका जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।