काठमाडौं । रोमान्टिक म्युजिक भिडियो ‘सुखमा मात्र होइन’ सार्वजनिक भएको छ । निराजन प्रधान र सृष्टि खड्का फिचर्ड गीतको म्युजिक भिडियोलाई मुस्ताङमा खिचिएको हो । भिडियोलाई निर्देशक निसान कास्यप घिमिरेले निर्देशन गरेका हुन् ।
अम्बिका गुरुङको शब्द, सरोज पोखरेलको संगीत रहेको गीतमा स्वर भने प्रताप दास र शुस्मा विश्वकर्माले भरेका छन । गीतमा एरेन्ज भने उदयराज पौडलले सुन्न सकिन्छ ।
बुद्ध थापाको छायाँकनमा तयार भएको भिडीयोमा विकास दाहालको सम्पादन, सुरेस काफ्लेको ड्रोन, प्रमोद राज भण्डारीको कोरियोग्राफी र मनोज लामाको मेकअप देख्न सकिन्छ ।