एजेन्सी । अफगानिस्तानमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । साँझ ५ बजेर १० मिनेट जाँदा ६.१ रेक्टर स्केलको भूकम्प अफगानिस्तानको हिन्दुकुश क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको बताइएको छ ।
भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस भएको छ ।
नेसनल सेन्टर फर सेस्मोलोजीका अनुसार अफगानिस्तानको उत्तर काबुलदेखि २ सय ४५ किलोमिटर टाढा भूकम्प गएको जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।