काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले दुई तिहाइको कम्युनिष्ट दावी गर्ने सरकारले सरकारी सम्पत्तिमाथी भ्रष्टाचार गरेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत डा भट्टराईले सरकारले नपाल ट्रष्टको अरबौंको सम्पत्ति आफ्ना आसेपासेलाई सुम्पेर भ्रष्टाचार गर्दा र देशलाई कंगाल पार्दा समेत सबै सबै मुकदर्शक मात्र बनेको बताएका छन् ।
साथै बाह्य मुलुक अमेरिकी राष्ट्रपतिले एउटा विदेशी नेतासंग फोनमा आफ्नो स्वार्थसिद्धि गर्ने प्रयास गरेको आरोपमा त्यहाँको संसदले महाभियोग लगाएको तर नेपालमा सरकारी सम्पक्तिमाथि भ्रष्टचार हुँदापनि कसैले बिरोध गर्न नसक्नु दुःखद भएको उल्लेख गरेका छन् ।
उनको ट्वीटरः अमेरिकी राष्ट्रपतिले एउटा विदेशी नेतासंग फोनमा आफ्नो स्वार्थसिद्धि गर्ने प्रयास गरेको आरोपमा त्यहाँको संसदले महाभियोग लगाएको छ भने हामीकहाँ सरकारले हाकाहाक्की नेपाल ट्रष्टको अरबौंको सम्पत्ति आफ्ना आसेपासेलाई सुम्पेर भ्रष्टाचार गर्दा र देशलाई कंगाल पार्दा सबै मुकदर्शक छौं ! सोचौं !