हुम्ला । हुम्लामा अत्यधिक चिसो बढेको छ । नौ दिनको बिचमा तेस्रो पल्ट आज शनिबारदेखी फेरी हिमपात सुरु हुन थालेपछि अत्यधिक कष्टकर नवेको छ त्यहाको जनजिवन ।
नौ दिनको अन्तरालमा हुम्लामा तेस्रो पटक हिमपात भएको हो । हिजो शुक्रबार दिनभरी बादल लागे पनि आज शनिबार बिहानबाट हिमपात पुनः सुरु भएको छ ।
शनिबार बिहान चार बजेदेखि मसिनो हिमपात हुँदा जमिन सेताम्मे भएको छ । यस अघिकै हिँउ नपग्लेको अवस्थामा फेरि हिँउ पर्न सुरु भएको हो । हिमपात भइरहँदा चिसो अत्याधिक बढेको छ ।
हुम्लामा शनिबार बिहानको तापक्रम माइनस चार डिग्रीमा झरेको छ । हवाई सेवा समेत प्रभावित बनेको छ । साथै शैक्षिसंस्था पनि ठप्प भएका छन् । अत्यधीक हिँउ परेपछि मानिशहरु घरबाहीर निस्कन सकेका छैनन् ।