काठमाडौ । महाबीर पुनले वार्षिक ४% ब्याज दरले ऋण दिने अनुरोधलाई नेपालीहरुले सकारात्मक रुपमा लिएका छन् । पुनले आफ्नो फेसबुक मार्फत एउटा स्टाटस लेख्दै भनेका छन्, “४% बार्षिक ब्याज दरमा ऋण दिन मेरो अनुरोधलाई सकारात्मक रुपमा हेरी दिनु भएको सम्पूर्ण नेपालीहरुलाई धेरै धेरै धन्यबाद छ । अब अघि बढौं, खाने मुखलाई जुंगाले छेक्दैन भन्ने कुरा सरकारले बुझ्नु आबश्यक छ ।”
पुनले नेपालीहरुसँग ऋण माग्नुका कारणहरु यस्ता छन् । ‘ऋण माग्नुको पहिलो कारण यस प्रकार छ । मैले (Visit Nepal 2020) लाई लक्ष्य गरेर पदयात्रा गर्ने पर्यटकहरु भित्र्याउने दुई ओटा योजना बनाएर संघीय सरकार र गण्डकी प्रदेश सरकारलाई 2018 देखि नै अनुरोध गरेको थिएँ । पहिलो योजना (Round Dhaulagiri Trekking Route) को बिकास गरेर त्यहाँ आबश्यक पर्ने सम्पूर्ण बन्दोबस्त गर्ने र 2019 मा नै ट्रेकिंग सुरु गर्न भन्ने थियो । दोश्रो योजना हामीले पहिले नै सुरु गरेको पदमार्गमा भएको सामुदायिक लजहरुमा पर्यटकहरुको चाप थेग्न अति आबश्यक परेकोले थप कोठाहरु बनाउने भन्ने थियो । यो काम किन आबश्यक छ भने पूर्वाधार नबनाईकन पर्यटक भित्र्याउन सकिंदैन र नेपाल आएका पर्यटकहरुलाई पनि राम्रो सेवा दिन सकिंदैन । तर संघीय सरकार र गण्डकी प्रदेश सरकारले मेरो प्रस्ताब सुन्दै सुनेनन । २५ लाख रुपैंयासम्म सहयोग गर्नुहोस, भन्दा पनि सरकारले टेरेन. बैंकहरुले मैले प्रस्ताब गरेको जस्तो मोडेलको सामुदायिक कुरामा लगानी नै गर्दैनन् ।
यस विषयमा नेपालीहरुले सहयोग गर्दै आएको छ । नेपाललाई केहि अगाडी बढाउछु भन्दै विकासका कामहरु गर्ने योजनाका साथ अगाडी बढेका छन् । उनलाई नेपालीहरुले मध्येको एक देश विकास गर्न सक्ने क्षमता भएको व्यक्तिको रुपमा लिएका छन् । उनले लेखेका छन्, “ऋण माग्नुको दोश्रो कारण राष्ट्रिय आविष्कार केन्द्रमा अहिले भैरहेको अनुसन्धानको कामहरु मध्य ५ ओटा कामहरु चांडै नै सफल हुने आशा गरिएको छ । तिनीहरुलाई सानो स्केलमा उत्पादन गरेर बजारीकरण गरि अनुसन्धानकर्ताहरुलाई उद्यमी बनाउनको लागि तुरुन्तै एउटा सानो स्केलको सामानहरु बनाउने कारखाना अर्थात् (Manufacturing Plant) बनाउन जरुरी भएको छ । यसो गरेर उनीहरुलाई उद्यमी बनाइएन भने हाम्रा प्रतिभाशाली सन्ततिहरु नेपालमा बस्दैनन् । यसको लागि ३ र ४ नम्बर प्रदेश सरकारको मन्त्रालयहरु संग कुरा भएको हो । उनीहरुले मुखले मात्र हुन्छ भने तर यस्तो काममा पटक्कै चाख देखाएको देखिएन । बैंकहरुले यस्तो काममा ऋण दिंदैनन भन्ने थाहा भयो । मुख्य कुरा यहि यहि नै हो। धन्यबाद !”