काठमाडौ । साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले जो प्रतिपक्ष भएपनि त्यो निरीह बन्ने बताएका छन् । संयोजक मिश्रले नेकपा र कांग्रेसले देश बिगारेको संकेत जनाएका छन् ।
उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन्, “कहिले कम्युनिष्टको, कहिले कांग्रेसको पालो । जो प्रतिपक्षमा भएपनि त्यो निरीह बन्छ, किनभने लहरो तान्दा पहरो गर्जिन्छ र आफैँ फसिन्छ । डर जनताको हुनु पर्ने हो ।”
संयोजक मिश्रले यति समुहलाई दरवारमार्गको सरकारी जग्गा, ७ अर्ब लिनुपर्नेमा डेड अर्ब मात्रै भन्ने हेडलाइनमा कान्तिपुर दैनिकमा भएको समाचार ट्वीट गर्दै लेखेका छन्, “जनताले भोट दिइहाल्छन् । बाँकि संस्था आफ्नो पकडमा छँदै छ । कसैसँग डराउनु पर्ने कारण नै रहेन । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ !”