काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री हुन् काजल मुखर्जी । फिल्म ‘बेखुदी’ बाट बलिउडमा प्रबेश गरेकी अभिनेत्री काजल बलिउडकी सफल अभिनेत्री हुन् । १६ वर्षको उमेर देखी नै फिल्म क्षेत्रमा आफ्नो करियर शुरु गरेकी उनले हालसम्म धेरै फिल्म खेलिसकेकी छिन् ।
सन् १९९९, फ्रेवअरी २४ मा अभिनेता अजय देवगनसँग विवाह गरेकी उनी अहिले परिवारसँगै रमाउदैछिन् । अब भने अजय र काजलको नयाँ फिल्म रिलिज हुने तयारीमा रहेको छ । भारतिय मिडियाका अनुसार अभिनेत्री काजलले एउटा फिल्म खेलेको ४ देखि ५ करोडसम्म लिने गरेको बताइन्छ ।
सम्पत्तिको कुरा गर्दा उनको मुम्बई स्थिति जुहुमा एक बिहाल घर छ । उनको बिएम डब्लु४ कार छ । जसको मूल्य ७४ लाख भारतीय रुपैया पर्छ । त्यस्तै मासेराटी क्वाट्रोपोर्टे कार पनि रहेको छ जसको मूल्य २.२ करोड पर्दछ । एजेन्सी