अन्तर्राष्ट्रिय

अष्ट्रेलीयाका प्रधानमन्त्री मोरिसनले नागरिकसंग मागे माफि

काठमाडौं । मुलुकमा लागेको आगालागि नियन्त्रण बाहीर हुँदा–हुँदै भ्रमणमा भएको भन्दै अष्ट्रेलियाका प्रधानमन्त्रीको चर्काे आलोचना भएको छ ।

गत सेप्टेम्बरदेखि अष्ट्रेलियाका विभिन्न जंगलमा लागेका आगो नियन्त्रणमा नआइसकेका बेला प्रधानमन्त्री स्कट मोरिसन निजी भ्रमणमा गएपछि सर्वत्र आलोचना भएको हो । त्यसपछि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगलागीको संकटमा परेका बेला आफू निजी भ्रमणमा जानु परेको भन्दै माफी मागेका छन् ।

करिब तीन महिनादेखि जारी रहेको आगलागीका कारण नौ जनाको मृत्यु भइसकेको छ भने हजारौं परिवार विस्थापित भइसकेका छन् । लामो समयदेखि आगो नियन्त्रणमा नआउँदा अष्ट्रेलियामा बाक्लो तुवाँलो लाग्नुका साथै अत्याधिक गर्मी बढेको समाचारमा जनाइएको छ ।

जलवायू परिवर्तन र त्यसको असरबारे विश्वव्यापी रुपमा बहस भइरहेका बेला आगलागी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै सरकारको तीव्र आलोचना भइरहेको छ ।

आगो नियन्त्रणका लागि खटिएका स्वयंसेवकहरुको मृत्यु हुँदा पनि सरकार गम्भीर नभएको भन्दै राजधानी सिड्नीमा विरोध प्रदर्शनसमेत भएको छ । प्रधानमन्त्री मोरिसनले आगो नियन्त्रणका लागि कसरी प्रभावकारी कदम चाल्ने भन्ने बारेमा गम्भीर छलफल आवश्यक रहेको बताए ।