समाचार

दैलेख गाउँपालीकाका अध्यक्ष दम्पत्तीको अज्ञात समुहद्वारा अपहरण

काठमाडौँ । अज्ञात समुहले दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नीलाई अज्ञात समूहले अपहरण गरेको छ ।

शनिबार राति करिब १२ बजेतिर उनीहरुलाई अपहरण गरेको धिरबहादुरका भाइ हस्त शाहीले जानकारी दिए । अध्यक्ष शाहीसँगै उनकी पत्नी इला शाही पनि अपहरण गरिएको हस्तले बताए।

भाइ हस्तका अनुसार अध्यक्ष शाहीको ठाटीकाँध गाउँपालिका–२ स्थित श्रीपाटामा रहेको आफ्नै घरबाट सोधपुछ गर्नुछ भन्दै अज्ञात समूहले लिएर गएका हुन् । उक्त समूहले अफूलाई पनि आधाबाटोसम्म लगेर साढे १ बजेतिर छोडिदिएको हस्तले जानकारी दिए ।

शाहीदम्पतिलाई विप्लव नेतृत्वको नेकपाले अपहरण गरेको आशंका गरिएता पनि अनुसन्धान भैरहेको बताईएको छ  । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले घटना जानकारीमा आएपनि कसले अपहरण गरेको भनी पुष्टि नभएको बताए ।

आइतबार बिहान सुरक्षा समितिको बैठक बसी अपहरितको खोजी तीब्र पारेको उनले जानकारी दिए।