पु.समाचार

विश्रामपुर गाउँपालिकाका अध्यक्षलाई प्रहरीले समात्यो

बारा । प्रदेश-२ अन्तर्गत बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्धाका फरार प्रतिवादी भएको आरोपमा गाउँपालिका अध्यक्ष अमिरीलाल राउतलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

उनलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतमा पठाइएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।