राजनीति

राजाको सम्पत्तिमा नवमहाराजाहरुको ब्रह्मलुट मच्चियो – अध्यक्ष थापा

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजाको सम्पत्तीमा नवमहाराजाहरुले ब्रह्मलुट गरिरहेको आरोप लगाएका छन् । आइतबार दिउँसो अध्यक्ष थापाले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै सो कुरा बताएका हुन् । 

नेपाल ट्रष्टको जग्गामा अनियमितता भएको भन्दै आलोचना भइरहेका यस समयमा उनले स्टाटसमार्फत आक्रोश पोखेका छन् ।

“राजाको सम्मति राष्ट्रियकरण गरियो । त्यो राष्ट्रिय सम्पतिलाई व्यापारीसँग मिलेर परिवर्तनका संवाहक कथित नवमहाराजाहरुले ब्रम्हलुट गरिरहेका छन् । के यही हो परिवर्तन ? ”, थापाले लेखेका छन्, “आमजनता पार्टीको रैतिभन्दामाथि उठेर स्वाभिमानी नागरिक भएको दिन अपराधिलाई अवश्य कानुनको कठघरामा उभ्याउनेछन् ।”