मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी सञ्चालन गरेको रेमिट्यान्स (विप्रेशण) केन्द्रित‘७६ साल७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियानका भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरेको छ ।
यस अभियान अन्तर्गत तोकिएको अवधि भित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउनु हुने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिनु हुने सम्पुर्ण ग्राहकवर्गहरु मध्यबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिएको हो ।
७६ पुरस्कारहरुमध्ये २५ जनालाई Bluetooth Speaker, २० जनालाई Pressure Cooker, १५ जनालाई Smart Mobile Set, ७ जनालाई TV 32” Smart HD, ५ जनालाईँ Fridge 200 ltr, ३ जनालाई Laptop, १ जनालाई Scooty वितरण गरिएको छ ।
भाग्यशालीविजेताहरुको घोषणा २०७६ मंसीर १५ गते आईतबार ३ बजे यस विकास बैैंकको ँFacebook Pageमार्फत LIVE गरिएको थियो ।
मुक्तिनाथविकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारीतिलबहादुर गुरुङ्गले बताए ।