अन्तर्राष्ट्रिय

भारतमा आन्दोलन झन् चर्कियो: मृत्यु हुनेको संख्या १६ पुग्यो, २६० जना प्रहरी घाइते

एजेन्सी । नागरिकता विधेयकको कानुनको विरोधमा भारतभर प्रदर्शन भइरहेको छ । हिजो(शनिबार) कानपुर-रामपुरमा भएको प्रदर्शनले ठाउँ-ठाउँमा  आगजानी एवम् झडपको स्थिति निम्ताएको छ । हिजो भएको झडपमा कानपुर-रामपुरमा एक व्यक्तिको मृत्यु भएको छ ।

बिहारमा विपक्षी आरजेडीको बन्दसँगै विभिन्न क्षेत्रमा तोडफोड भएको छ । रेल एवम् सडक यातायात प्रभावित बनेको छ ।

उत्तर प्रदेशको विभिन्न जिल्लाहरूमा भएको हिंसामा अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशको प्रहरीले बताएअनुसार हिंसाका कारण २६० भन्दा बढी प्रहरी अधिकृत घाइते भएका छन्, जसमध्ये ५७ जनलाई गोली लागेको छ ।

स्रोतले बताएअनुसार शनिबार भएको प्रदर्शनका कारण कानुपुरको यतीमखाना पुलिस चौकीमा आगो लागेको छ । यसघटनामा पनि केहि प्रहरी अधिकृत घाइते भएको समाचार प्राप्त भएको छ ।