काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाको कार्यालयमा प्रहरीको विशेष ब्यूरोले छापा मारेको छ ।आज(आइतबार) काठमाडौंको बूढानिलकण्ठस्थित नेकपाको कार्यालयमा प्रहरीले छापा मारेको हो ।
प्रहरीले बम बनाउँदै गरेको अवस्थामा युवा संगठनका केन्द्रीय सचिव संजीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यालयका सचिव वकील घर्तीमगर, सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र दुर्गाबहादुर तामाङलाई पक्राउ गरेको छ ।
साथै प्रहरीले विस्फोटक पदार्थ पनि बरामद गरेको बताइएको छ ।