अन्तर्राष्ट्रिय

अफगानिस्तानका राष्ट्रपति घानी दोस्रो कार्यकालको लागि चुनिए

एजेन्सी । अफगानिस्तानका वर्तमान राष्ट्रपति अशरफ घानी दोस्रो कार्यकालको लागि चुनिएका छन । गत सेप्टेम्बर २८ मा सम्पन्न निर्वाचनको प्रारम्भीक नतिजा अनुसार उनले ५०.६४ प्रतिशत मत प्राप्त गर्दै जित हात पारेका हुन् ।

स्वतन्त्र निर्वाचन आयोगले आज(आइतबार) घोषणा गरेको नतिजा अनुसार उनको निकटम प्रतिद्धन्द्धी अब्दुल्ला अब्दुल्ला रहेका छन । उनले ३९.५२ प्रतिशत मत प्राप्त गरेका छन । तेस्रो स्थानमा पूर्व प्रधानमन्त्री गुलबुद्धिन हिकमतियार रहेका छन । उनले ३.८५ प्रतिशत मत प्राप्त गरेका छन ।

निर्वाचन सम्पन्न भएको लामो समयपछि स्वतन्त्र निर्वाचन आयोगले मतगणना घोषणा गर्नुको कारणमा मुख्य कार्यकारी अब्दुल्ला अब्दुल्लाका समर्थकहरुले देशभरका धेरै निर्वाचन कार्यालयहरुमा अवराेध पुर्याएकाे कारण जनाइएको छ । अब्दुल्लाका कार्यकर्ताले करिब एक महिना भन्दा बढि मतगणनामा रोक लगाएका थिए ।

निर्वाचन आयोगका अध्यक्षले भनेका छन, “हामीले जिम्मेवारी र इमानदारी साथ आफ्नो कर्तव्य पूरा गरेका छौं ।” अध्यक्ष हवा आलम नुरिस्तानीले काबुल पत्रकार सम्मेलनमा भने, “जहाँ प्रारम्भीक नतिजाको घोषणा भएको थियो ।”

अध्यक्षको घोषणालाई अब्दुल्ला समर्थकले अस्वीकार गरेका छन । साथै अब्दुल्लाले भनेका छन, “हामी नतिजा स्वीकार गर्दैनौं । साथै आयोगमा अपिल पनि गर्दैनौं । किनकी निर्वाचनमा व्यापक धाँधली गरिएको थियो । फर्जि मतदान व्यापक भएको थियो ।”