अन्तर्राष्ट्रिय

इश्वर निन्दाको कारण पूर्व लेक्चररमाथि सुनाइयो मृत्युदण्डको सजाय !

एजेन्सी । पाकिस्तानमा एक अदालतले शनिबार मुल्तानस्थित् विश्वविद्यालयका पूर्व लेक्चरर जुनैद हफीजलाई ईश निन्दाको आरोपमा मृत्युदण्ड सुनाएको छ ।
पाकिस्तान समाचार एजेन्सी डनको अनुसार मुल्तानको बहाउद्दीन जकारिया विश्वविद्यालय (बीजेडयू)मा अंग्रेजी साहित्य विभागको पूर्व अतिथि लेक्चरर हाफीजको ईश निन्दाको आरोपमा १३ मार्च, २०१३मा गिरफतार गरिएको थियो ।
उक्त घटनामा ट्रायल सन् २०१४ देखि नै शुरु भएको थियो । यस सालको शुरुवातमा लेक्चररको अभिभावकले पूर्व प्रधान न्यायाधीस असिफ सईद खोसालाई छोराको केसमा दखल अन्दाजी देखाएको समेत बताइएको छ ।

अभिभावकको मत थियो कि उनको छोराको विगत ६ साल देखि ईश निन्दाको जुठो आरोपमा कैद गरिएको छ ।हाफीजको पहिलो वकिल राशिद रहमानको उनकै अफिसमा सन् २०१४ मा गोली हानी हत्या गरिएको थियो । त्यसपछि कुनै पनि वकिल उक्त मुद्दामा लड्न अनुच्छुक देखिँदै आएको बताइएको छ ।  

डन न्यूजको रिपोर्टअनुसार, पाकिस्तानमा ईशनिन्दा अपराध अत्यधिक संवेदनशील मानिन्छ । ईशनिन्दा ईश्वरप्रतिको श्रद्धा, धार्मिक या पवित्र व्यक्ति या वस्तुमाथि धार्मिक रुपले अपमान गर्नु हो ।