समाचार

वैदेशिक रोजगार ठगी मुद्दाका कसुरदार घले पक्राउ

काठमाडौं । वादी नेपाल सरकार कसुरदार चल बहादुर घले भएको वै.रो.ठगी मुद्दामा पक्राउ परेका छन् । वैदेशिक रोजगार न्यायाधिकरणको ०६९/०९/२४ गतेको फैसलाले धादिङ जिल्ला सेर्तुङ गा.वि.स.वडा नं. ५ हाल तारकेश्वर वडा नं.६ बस्ने ४५ वर्काषीय चल बहादुर घलेलाई १ वर्ष ६ महिना कैदर एक लाख पचास हजार जरिवाना हुने ठहर भएको छ

उनलाई नेपालटार,काठमाडौबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालत मार्फत कारागार कार्यालय सुन्धारा पठाईएको छ । उनले ०६८/०२/१३ गते पिडितलाई बैदेशिक रोजगारको लागि अष्ट्रेलिया पठाईदिन्छु भनी प्रलोभनमा पारी सात लाख रुपैंया लिई सम्पर्क बिहिन भएका थिए ।