काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरूले अपहरण गरेका गाउँपालिका अध्यक्ष अपहरणमुक्त भएका छन् । दैलेखको ठाँटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इलालाई गएराति विप्लव समूहका कार्यकर्ताले घरबाटै अपरहण गरेका थिए ।
कर्णाली प्रदेशका डीआईजी पूर्णचन्द्र जोशीका अनुसार उनको कालीकोटको शुभकालिका गाउँपालिकाको जंगलबाट उद्धार गरिएको छ । १६० जनाको प्रहरी टोली उनको खोजीका लागि खटिएका थिए । उनलाई अपहरणमुक्त गरिएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
गाउँपालिकाको रकममा भ्रष्टाचार र विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको दाबी विज्ञप्तिमा थियो ।
शनिबार राति करिब दुई बजे शाही र उनकी पत्नीलाई घरमा सुतिरहेकै बेला विप्लव समूहले अपहरण गरेको थियो । तर, दुई घन्टा हिँडेपछि नेपाल राष्ट्रिय शिक्षक संघकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी शाहीकी श्रीमती इला मल्ल शाहीलाई छाडिएको थियो ।
केहि समय अगाडी विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै उक्त अपहरणको जिम्मेवारी लिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘निज शाहीले ठाँटीकाँध गाउँपालिकामा चरम भ्रष्टचार गरेको, कमिशन खाएको र सीआईडी गरेकाले पार्टीको नियन्त्रणमा लिइ आवश्यक छानविनसहित सकुशल रािखएको छ ।’
पढ्नुहोस् विज्ञप्ति,