समाचार

पदीय मर्यादा/संबिधान मिच्दै राष्ट्रपति भण्डारी महारानीपथमा लागिन्ः बुद्धिजीवी संग्रौला

काठमाडौं । लेखक तथा बुद्धिजीवी खगेन्द्र सँग्रौलाले राष्ट्रपति बिद्यादेवी भण्डारी महारानी बन्न थालेको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राष्ट्रपति पद संबिधानमा मौन र शान्त रहनुपर्ने आलङ्कारिक रहेपनि आर्थिक विकास, समृध्दि, अर्थतन्त्र र समाजवादबारे नेताहरुसँग सोधपुछमा लागेर गलत गर्न थालेकी बताएका छन् । राष्ट्रपति भण्डारीलाई संबैधानिक मर्यादा मिच्दै हिँड्न, पदीय सीमा र मर्यादा भङ्ग गर्न नेकपा अध्यक्षद्वय पुष्पकमल दहाल र केपी शर्मा ओलीले होस्याएको उनको आरोप छ । संग्रौलाले राष्ट्रपतिलाई कार्यकारी रुपमा रहन  नदिन ओली र दहालले नै भूमिका खेल्नुपर्ने तर्क गरेका छन् ।

उनले भनेका छन्, “मौन र शान्त रहनुपर्ने आलङ्कारिक राष्ट्रपति विद्या ‘आर्थिक विकास, समृध्दि, अर्थतन्त्र र समाजवाद’बारे कार्यकारी महारानीले झैँ नेताहरूलाई केरकार गर्न थालिछन्।यिनलाई पदीय सीमा र मर्यादा भङ्ग गर्न हौस्याएको ओली र दाहालका स्वार्थजन्य क्रियाकलापले हो। अब यी महारानीलाई उनैले समालून्।”