काठमाडौ । नेकपाका सूदुरपश्चिम प्रमुख भीम रावलले प्रधानमन्त्रीका प्रेश सल्लाहकार सुर्य थापाका बिरुद्धमा खनिएका छन् । पुर्वगृहमन्त्री समेत रहेका नेकपा नेता रावलले प्रेश उपप्रमुख भएपछि अरुले बोल्न नपाउने बिधानमा कता ब्यवस्था छ भन्ने प्रश्न गर्दै वालुवाटारमा सल्लाहकार भएपछि पार्टीभित्रका गलत कुराका बिरुद्धमा बोल्न नहुने भन्ने आदेश कसले दियो भन्दै प्रश्न गरेका छन् । स्थायी कमिटी बैठक हेक तीन महिनामा र केन्द्रीय कमिटी बैठक ५ महिनामा बस्नुपर्ने पार्टीको नियम पालना किन भएन भन्ने नेता रावलको तर्क छ ।
पार्टीभित्रमा भएका गलत कृयाकलाप बिरुद्धमा आक्रमक रुपमा प्रशतुत हुने नेता रावलले प्रवक्ता वा प्रचार बिभागका प्रमुख उपप्रमुखलेमात्र बोल्न पाउने भन्ने नियम नभएको हुँदा आफूहरु गलत भएपनि आज्ञाकारी भएर मुख थुनेर बस्न नसक्ने दाबी गरेका छन् । उनले सामाजीक सञ्जालमा आएका आफ्ना कुरालाई रिट्वीट गरेका छन् । उनले प्रधानमन्त्रीका सललाहकार सुर्य थापामार्फट नेकपा अध्यक्ष केपी शर्मँ ओली र पुष्पकमल दहाललाई साँकेतिक रुपमा उक्त कुरा बताएका छन् ।
नेता रावल पछिल्लो समयमा नेकपाका बिद्रोही र जनताका लोकप्रीय नेताका रुपमा चिनिन थालेका छन् ।