एजेन्सी । पश्चिमी जर्मनीमा साढे दुई वर्षदेखि हराइरहेको एक किशोर चाइल्ड पोर्नोग्राफी संदिग्ध कोठामा जीवित फेला परेका छन् । शुक्रवार १५ वर्षीय सो किशोर उत्तरी राइन-वेस्टफालियास्थित जर्मन राज्यको रेकलिंगहाउसेनमा पुलिस खोजीको क्रममा भेटिएका हुन् ।
बच्चाहरूको अश्लिल सामग्री प्रसारण गर्ने गरेको अपराधमा एक ४४ वर्षीय वृद्धको खोजी कार्यमा संलग्न प्रहरी अधिकृतहरूसँग उक्त किशोरको किस्सा ठोकिन आइपुग्यो । “अफिसरहरूले उक्त कोठामा एउटा केटा भेट्टाए। अनुसन्धानले देखायो कि १५ वर्षीय सो किशोरलामो समयदेखि हराइरहेको थिए,” रेकलिंगहाउसेन प्रहरीद्वारा जारि गरिएको विज्ञप्तिमा भनिएको छ ।
पुलिसका अनुसार बालकको इच्छाको विरुद्ध अपार्टमेन्टमा राखिएको कुनै संकेत पाइएको थिएन। केटा पुलिस संरक्षणमा रहनेछन्।
पुलिस प्रवक्ताका अनुसार ४४ वर्षीय उक्त वृद्ध मानिस र अर्को पाको उमेरको व्यक्ति जो त्यस समयमा अपार्टमेन्टमा थिए, दुवै पक्राउ परेका छन्।