काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । रिक्त रहेकोे सभामुख कसलाई बनाउने भन्ने विषयमा अध्यक्षद्वयबीच भेटवार्ता भएको नेकपाले जनाएको छ ।
उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाएर सभामुख पद नेकपाले लिने पक्षमा रहेकाले सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ दल भित्र सकस देखा परेको छ ।
तत्कालिन नेकपा एमालेबाट पूर्व सभामुख सभामुख सुभासचन्द नेम्वाङ, शिवमाया तुम्बाहाम्फेको नाम चर्चामा रहेको छ भने पूर्व माओवादीबाट अग्नी साप्कोटा, देव गुरुङ र पम्फा भुसालको नाम चर्चा आएको छ ।
सभामुख चयन प्रक्रियाको मिति पुस ११ गते तोकिएकाले नेकपा भित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफलका लागि ओली प्रचण्डको भेटवार्ता भएको नेकपा स्रोतले जनाएको छ ।