अन्तर्राष्ट्रिय

कपडा गोदाममा आगो लाग्यो, ९ जनाको मृत्यु

एजेन्सी । भारतको राजधानी दिल्लीको किराडी इलाकामा रहेको कपडाको एक गोदाममा गएराति आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । १० जना भन्दा बढी मानिस घाइते भएका छन् ।

भारतीय समाचार एजेन्सी एनडीटिभीका अनुसार दिल्ली फायर सर्विसले ९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । सबै घाइतेलाई आसपासको अस्पताल र सञ्जय गान्धी मेमोरियल अस्पतालमा भर्ना गरिएको छ ।

प्राप्त जानकारी अनुसार गएरात १२:३० बजे तीन तलाको उक्त भवनमा आगो लागेको थियो । आगो ग्राउण्ड फ्लोरको कपडा उद्दोगमा लागेको थियो । जब आगो फैलदै गयो, तब आगोको चपेटामा बच्चा र महिला सहित एक परिवारको ९ जनाको मृत्यु भएको हो ।

हालै मात्र उत्तरी दिल्लीको एक प्याक्ट्रीमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको थियो । रानी झाँसी रोडको अनाज मन्डीस्थित फयाक्ट्रीमा आगलागी भएको बेलामा सबै मजदुर सुतिरेहेका थिए ।