एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र चीनका राष्ट्रपति सि चिनफिङबीच सोमबार सँग भेटवार्ता भएको छ । बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा दुई देशका राष्ट्रपतिहरूबीच भेटवार्ता भएको हो।
आफूहरूका बीचमा रणनीतिक साझेदारिता, ठोस चासो र मुख्य सरोकारका विषयमा एकअर्कालाई सघाउने र उच्चस्तरीय दुई पक्षीय सम्बन्धलाई थप सुधार गर्दै लैजानेलगायतका विषयमा छलफल भएको सिले बताए ।
चीन—जापान—दक्षिण कोरियाका शीर्ष नेताहरूको आठौं बैठकमा सहभागी हुन मुन चीन गएका हुन् । चीनको दक्षिणपश्चिमी शहर छेन्दुमा मंगलबार सो बैठक हुन लागेको छ ।