पु.समाचार

प्रहरीले काठमाडौंबाट ८० विदेशी नागरिक समात्यो

काठमाडौं । गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंबाट ठूलो संख्यामा विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले ‘विशेष अपरेसन’ चलाएर मनमैजु, ठमेल, बूढानीलकण्ठलगायतका क्षेत्रबाट ८० जना विदेशी नागरिकलाई पक्राउ गरेको हो

पक्राउ पर्नेमा अधिकांश चिनियाँ नागरिक रहेकाे प्रहरी स्रोतले जानकारी दिएको छ । ‘अपरेसन जारी छ, अपराधको प्रकृति र बाँकी विवरण आउन बाँकी छ,’ प्रहरी स्रोतले बतायो ।