अन्तर्राष्ट्रिय

साउदीका पत्रकार खासोग्जीको हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्ड

साउदी । साउदी अरेबियाको सरकारी अभियोजकले पत्रकार जमाल खासोग्जीको हत्या गरेको अभियोगमा  पाँचजनालाई मृत्युदण्ड र अन्य तीनजनालाई जम्मा २४ वर्ष जेल सजाय सुनाएको छ। 

टर्कीको इस्तानबुलमा रहेको साउदी महावाणिज्य दूतावासमा भएको खासोग्जीको हत्यामा साउदीको एक अदालतले  सोमबार ११  जनालाई दोषी ठहर्‍याएको हो। तीमध्ये पाँच जनालाई मृत्युदण्ड, तीन जनालाई २४ वर्ष कैद सजाय सुनाइएको छ।

साउदी राजपरिवारका पूर्व वरिष्ठ सल्लाहकारसमेत साउद अल-कहतानीमाथि पनि अनुसन्धान गरिएको तर उनीपछि हत्यामा संलग्‍न भएको नपाइएपछि रिहा गरिएको बताइएको छ ।

खसोगी साउदी राजकुमार मोहमेद बिन सलमानका कट्टर आलोचक थिए । साउदी लेखकसमेत रहेका वाशिङ्टन पोस्टका कोलमिस्ट खसोगी उनकी पूर्वपत्‍नीसँगको सम्बन्ध विच्छेदको प्रमाणपत्र सर्टिफिकेसनका लागि स्तानबुलस्थित साउदी महावाणिज्यदूतावासमा गएको समय अक्टोबर २, २०१८ मा मारिएका थिए । 

उनको हत्याको अनुसन्धानमा खटिएको टर्किश गुप्तचर संस्थाले उनको हत्या पूर्वयोजना अनुसार भएको निष्कर्ष निकालेको थियो । तर, सीआईले भने राजकुमार सलमानको आदेशमा हत्या गरिएको बताइएको थियो । तर, रियादले भने राजकुमारको हत्यामा कुनै संलग्‍नताको विषयमा अस्वीकार गरेको छ ।