मनोरञ्जन

‘लिपुलेक हमार हो, कालापानी हमार हो..’

काठमाडौं । भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग मिचेसँगै नेपालमा राजनीतिक सरगर्मी बढिरहेको छ । यसैबीच गायक कुलवीर चौधरी र गायिका अनु चौधरीको स्वरमा ‘लिपुलेक हमार हो, कालापानी हमार हो…’ बोलको गीत बजारमा आएको छ । 

उक्त गीतलाई गीतका संगीतकार नरेश जोगीले अप्mनो यूट्युब च्यानलमार्फत बजारमा ल्याएका हुन् । गीत थारु भाषामा रहेको छ । 

गायक चौधरीका शब्दलाई गायक र जोगीले संयुक्त रुपमा संगीतवद्ध गरेका छन् । गीतमा ‘बलगरबाटी कहिकन ह्याप नि पाजाई, कमजोरबाटी कहिकन च्याप नि पाजाई’ (बलियो छु भनेर हेप्न पाइदैन, कमजोर छ भनेर च्याप्न पाइदैन) भनेर भारतलाई सचेत पार्न खोजिएको छ । 

यस्तै काँकडामा पश्चिम किल्ला र पूर्वमा टिस्टासम्म फैलिएको नेपालको इतिहास ओझोलमा परेको पनि गीतमार्फत स्मरण गराइएको छ । 

भिडियोमा हेर्नुहोस्,