आर्थिक

सेवा सुविधामा दिइने छुट सम्बन्धि सेञ्चुरी बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता

काठमाडौं । सेञ्चुरी बैंक ग्रान्डी ईन्टरनेशनल अस्पताल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौताभएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेर धनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शेयर धनीहरुले अस्पतालको थुप्रै सेवामा आकर्षक छुटपाउने छन् ।

उक्तसम्झौता पत्रम ाबैंकक ाबजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक िबकासमान सिंहले हस्ताक्षर गरेको छ ।