दार्चुला । दार्चुलाबाट काठमाण्डौँ तर्फ आईरहेको UK04TB1967 नम्बरको भारतियकार गाडिमा अवैध रुपमा यार्सागुम्बा लुकाई छिपाई लिई आई रहेको भन्ने गोप्य सुचनाको आधारमा आज सोमबार विहान २ वजे पक्राउ परेका छन् ।
जिचन्द्रागिरी न.पा २ नागढुंगा स्थित चेक प्वाईन्टमा दार्चुलाबाट काठमाण्डौँ तर्फ आउँदै गरेको कार गाडि रोकि महानगरीय प्रहरी वृत्त थानकोट कार्यालयमा ल्याई रितपुर्बक खानतलासि गर्ने क्रममा उक्त कारको दुवै ढोकासंगै रहेको कारको बोटल राख्न बनाईएको कभरमुनि सेतो पानी टेपले बेरि फल्स बटम बनाई २३ वटा पोकापारि लुकाई छिपाई लिई आएको यार्सागुम्बा फेलासहित ३ जना पक्राउ परेका छन् ।
उक्त यार्सागुम्बा तौल गर्दा ४ किलो ११३ग्राम रहको र उक्त यार्सागुम्बाको कुनै पनि कागज पत्र तथा छुट पुर्जि समेत नरहेको हुँदा बरामद यार्सगुम्बालिई आएका हरीश सिंह पावर, प्रेम सिंह रावत (गाडि चालक) र गजै सिंह महरा पक्राउ गरिएको हो ।