सूचना प्रविधि

देनिक धेरै पटक कफि पीउँदा यस्तो खतरा हुनसक्छ !

काठमाडौं । नेपाल लगाएत विश्वका विभिन्न मुलुकमा कफिको प्रयोग पछिल्लो समय अत्यधीक हुन थालेको छ । जाडोको समयमा फिक्का कफि तातो पानीमा होस् या दुधमा राखेर खानेहरुको एउटा सौखिन बनिदिएको छ । पछिल्लो समय नेपाली हरुपनि कपि को स्वादमा रमाउन थालेका छन्  ।

र कफि पिउने नेपालीको सङख्या वढ्न थालेको छ । आजभोली मान्छेहको रोजाई चिया भन्दा वढी कफि हुने गरेको छ । बुबा–आमा संग घरमा वसेर होस या साथि भाई संग भेटघाट, अफिस लगाएत विभिन्न स्थानमा कफिले स्थान पाउने गरेको छ ।

बालकदेखी बृद्धसम्म सबैको मनपर्ने बनिदिएको छ कफि । यति सम्म को सौखिन र मनपर्ने बनिदिएको छ कि जाडो दिनमा चार–पाँच पटक पनि कफि पिउने गरेका पाइएको छ । तर हामि कसैलाई यति पनि जानकारी हुन आवस्यक छ दिनका कति पटक कफि पीउनु पर्दछ ?

भनिन्छ नि बढी खायो भने भिटामीन पनि विष वनिदिन्छ त्यस्तै कफि पनि आवस्यकता भन्दा वढी पिउँदा स्वास्थ्यको लागी हानिकारक रहेको चिकित्सकहरु बताउँछन् । दिनका चारपटक भन्दा वढी कफि नपिउन चिकित्सकले सुझाव दिन्छन् ।

किनभने वढी कफि पिउँदा निन्द्रा नलाग्ने, मानसिक तथा शारीरिक समस्या वढ्ने साथै मानिसलाई निडर पैदा गर्ने मुटुकको धड्कन राकिने सम्मको समस्या हुने चिकित्सकको भनाई छ । धेरै कफी पिउँदा स्वास्थ्यका लागि खतरा हुने ब्रिटेनको सरकारी स्वास्थ्य संस्थाले गरेको एक अध्ययनले देखाएको छ ।

अनुसन्धानमा संलग्न विशेषज्ञहरूका अनुसार कस्तो कफीमा कति कफिनको मात्रा हुन्छ त्यो थाहा हुँदैन । त्यसैले थाहा नै नपाई कति कफिन लिइरहेका छौँ त्यसको जानकारी पनि हुँदैन । तथ्य कुरा थाहा नपाइ कफि धेरै खानाले स्वास्थ्यमा असर पर्छ ।

गर्भवती महिलाले भने दिनमा दुई कपभन्दा बढी कफी सेवन गर्नु राम्रो हुँदैन । सो संस्थाले गरेको अध्ययनअनुसार कफिनको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ । त्यसका साथै जन्मिएको नवजात शिशुको वजन पनि कम हुन्छ वा जन्मदैँ शारीरिक तथा मानसिक विकलांगता पनि हुन सक्छ । एजेन्सीको सहयोगमा