काठमाडौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले काँग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईले खाउनु भएको नैतिकताको राजनीति चितामा जल्न मात्रै बाँकी छ भनेका छन् । नेता गुरुङले सिंगो नेपाली राजनीति निर्वस्त्र बनेको वेला वस्त्र लगाउनेहरुलाई नै लज्जावोध हुँदोरहेछ भन्दै आफूपनि राजनीतिकर्मी भएको नाताले आत्माआलोचना गरेका छन् । नेता गुरुङले किशनजीको सादा जिवनको अदर्शमार्ग जोगाउन नसकेको भन्दै माफ गरिदिन आग्रह समेत गरेका छन् ।
नेता गुरुङले आज पुर्ब प्रधानमन्त्री समेत रहेका भट्टराईको ९६ औं जन्मजयन्तीका अवशरमा उक्त कुरा बताएका हुन् ।
उनी भन्छन्ः श्रद्धेय किसुनजी! हजुरको ९६औं जन्म जयन्तीको अवसरमा हजुर प्रति श्रद्वासुमन। हजुरले देखाउनु भएको नैतिकताको राजनीति चितामा जल्न मात्रै बाँकी छ। जोगाउन सकिएन। माफ गरिदिनु होला। सिंगो नेपाली राजनीति निर्वस्त्र बनेको वेला वस्त्र लगाउनेहरुलाई नै लज्जावोध हुँदोरहेछ। श्रद्वासुमन किसुनजी।