काठमाडौं । समाजवादी पार्टीले सरकार छाडेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकमा संविधान संशोधन प्रस्तावको विषयमा प्रधानमन्त्रीसँग विमती भएसँगै माजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो ।
मंगलबार उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादवले मन्त्रीपदबाट राजीनामा दिएका छन । मंगलबार बसेको समाजवादी पार्टीको बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेसँगै उनको राजीनामा आएको हो ।
वर्तमान सरकारमा समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव र मोहम्मद इस्तियाक राई मन्त्री रहेका थिए ।
पत्रमा भनिएको छ, ‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’
हेर्नुहाेस यादव र राईकाे राजीनमा पत्र,