पु.समाचार

विपिन कार्कीको ‘गोपी’ युट्युबमा (भिडियोसहित)

काठमाडौं । विपिन कार्की अभिनित ‘गोपी’ युटयुबमा रिलिज गरिएको छ । आइतबार युट्युबमार्फत रिलिज गरिएको चलचित्र दुई दिनमै ट्रेन्डिङ ४ मा परिसकेको छ ।

आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित गोपीलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचिका मुख्य पात्र गोपी अर्थात विपिन कार्की एक गाईपालकको भूमिकामा छन् ।

चलचित्रमा विपिनसँगै सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारीलगायतको अभिनय देख्न सकिन्छ ।