काठमाडौं । महिनावारी भएको बेला महिलाहरूलाई छाउगोठमा राख्नेहरू विरुद्ध ग गृह मन्त्रालयले कारबाही गर्ने भएको छ । मन्त्रालयले महिनावारी भएको बेला महिलाहरुलाई छाउगोठमा राख्नेहरुको सामाजिक सुरक्षा भत्ता रोक्का गर्न परिपत्र गरेको हो ।
मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुलाई तीनबुँदे परिपत्र गरेको हो । जसमा महिलाहरुलाई छाउगोठमा राख्नेहरुको वृद्धभत्ता सहित सबै सामाजिक सुरक्षा भत्ता र सहुलियत कर्जा रोक्न भनिएको छ ।
गृहको परिपत्रमा छाउगोठहरुमा बस्ने महिलाहरुलाई पनि कारबाही गर्न आदेश दिइएको छ ।
यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हरेक जिल्लामा समिति बनाउन र छाउगोठ नष्ट गर्न पनि भनिएको गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले जानकारी दिए ।